हुरीमा फस्यो एयर इन्डियाको विमान, विमानभित्र खैलाबैला • Image Khabar Image Khabar


हुरीमा फस्यो एयर इन्डियाको विमान, विमानभित्र खैलाबैला


Imagekhabar
५ आश्विन २०७६, आईतवार ०८:३७

हुरीमा फस्यो एयर इन्डियाको विमान, विमानभित्र खैलाबैला

काठमाडौं, असोज ५ । भारतमा एयर इन्डियाको एउटा विमान हुरीमा फसेको छ ।

समाचार एजेन्सीहरुका अनुसार शुक्रबार नयाँ दिल्लीबाट कोच्चितर्फ गइरहेको ‘एआइ–४६७’ विमान हुरीमा फसेको थियो । हुरीका कारण विमानले सन्तुलन गुमाउँदा विमानमा सामान्य क्षति भएको बताइएको छ ।

हुरीमा फस्यो एयर इन्डियाको विमान, विमानभित्र खैलाबैला

केही यात्रुलाई सामान्य चोट लागेको विमान कर्मचारीले जनाएका छन् । एयर इन्डियाले उक्त घटनाको छानविन गरिरहेको छ ।

हुरीमा फस्यो एयर इन्डियाको विमान, विमानभित्र खैलाबैला

अधिकारीहरुका अनुसार उक्त विमान दिल्लीबाट तिरुवन्तपुरम हुँदै कोच्चिका लागि जाँदै थियो । तिरुवन्तपुरमबाट कोच्चि जाँदै गर्दा विमान हुरीको चपेटामा परेको थियो । विमानले सन्तुलन गुमाएपछि यात्रुबीच केहीबेर खैलाबैला मच्चिएको थियो । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्