४ सयले सुनको मुल्य बढ्यो,चाँदी स्थिर « Imagekhabar – Online News Portal of Nepal


४ सयले सुनको मुल्य बढ्यो,चाँदी स्थिर


0
Shares

काठमाडौं । आइतबार सुनको मुल्य बढेको छ, भने चाँदीको मुल्य स्थिर रहेको छ ।

छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८६ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ८६ हजार २ सयमा कारोबार भएको थियो भने आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार १५० रहेको छ । महासंघका अनुसार आज चाँदी भने स्थिर रहदै प्रतितोला १२ सय ७० मै कारोबार भइरहेको छ ।