
काठमाडौं, फागुन २८ । नेपालमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५१२ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनाको नतिजा पोजेटिभ आएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको छ ।
गत २४ घण्टामा ६१ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ११७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कसैको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छैन् ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ रहेको छ ।
देशभर ९२९ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्