१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024


अरुण नदीमा बेपत्ता ६ जना खोज्दै गोताखोर


0
Shares

संखुवासभा, असोज ३ । संखुवासभाको अरुण नदीमा मंगलबार राति खसेको जीपसँगै बेपत्ता ६ जनाको गोताखोरद्वारा खोजी जारी छ ।

गोताखोरको टोलीले बिहीबार दिनभर खोजी गरे पनि बेपत्ता भएकाहरु फेला परेनन् । शुक्रबार बिहानैदेखि फेरि खोजी जारी राखिएको हो ।

नदीको पानी चिसो र बहाव धेरै भएका कारण समस्या भएको बताइएको छ ।

बेपत्ताको खोजीमा चितवनबाट आएका सशस्त्र प्रहरीका चारजना गोताखोर संलग्न छन् ।

दुर्घटनास्थलको गहिराइ करिब ४० देखि ६० फिटसम्म रहेको अनुमान गरिएको छ ।

दुर्घटनास्थलको प्रकृति हेर्दा जीपसहित ६ जना बेपत्ता दुर्घटनास्थलकै आसपासमा डुबेको हुनसक्ने अनुमान गरी खोजी जारी राखिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले बताए ।

जीप दुर्घटनामा पर्नेहरुमा संखुवासभाको खाँदबारी नगरपालिका–९, ढुंगेबिसौनाका २४ वर्षीय संगम श्रेष्ठ, उनकी श्रीमती २२ वर्षीया सदीक्षा श्रेष्ठ र छोरा दुई महिनाका समिर श्रेष्ठ छन् ।

यस्तै, खाँदबारी–९, गैह्रीगाउँका प्रमिस थापामगर, उनका भिनाजु खोटाङ घर भएका खबरमान मगर र जीपका चालक २६ वर्षीय सन्तोश बिक छन् ।