अमेरिकामा फेरि गोलीकाण्ड, एक जनाको मृत्यु, पाँचजना घाइते • Image Khabar Image Khabar


अमेरिकामा फेरि गोलीकाण्ड, एक जनाको मृत्यु, पाँचजना घाइते


Imagekhabar
३ आश्विन २०७६, शुक्रबार १३:५८

अमेरिकामा फेरि गोलीकाण्ड, एक जनाको मृत्यु, पाँचजना घाइते

वासिंटन, असोज ३ । उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटनामा अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ । 

घाइते व्यक्तिहरुमा एक महिला र चार पुरुष रहेको घटनास्थलमा प्रहरी कमाण्डरले पत्रकारहरुलाई बताए ।

सो गोलाबारीमा परी गम्भीर घाइते भएका व्यक्तिहरु नजिकैको अस्पतालमा लगिएको छ । 

ह्वाइट हाउसबाट करिब ३ किलोमिटर टाढा रहेको कोलम्बिया हाइट्समा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

अमेरिकी राजनीतिज्ञहरूले यस वर्षमा धेरै आम गोलीबारीपछि बन्दुक राख्न पाउने विषयका कानुनहरू संशोधन गर्न छलफल गरिरहेका छन् । अमेरिकाका विभिन्न ठाउँमा भएका गोलीकाण्डमा दर्जनौं मानिस मारिएका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्