
काठमाडौं, फागुन २६ । नेपालमा पछिल्ले २४ घण्टामा थप १०४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८८ जनामा पिसिआर परिक्षण गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६३ जना कोरोना संक्रमणबाट संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् ।
हासम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९११ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्