
काठमाडौं, असोज २ । चिकित्सकहरुले डेंगी रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नस्ट गर्नुपर्ने बताएका छन् ।
बिहीबार राजधानीमा आयोजित साक्षात्कार कायक्रममा सहभागी चिकित्सक तथा विज्ञहरुले डेंगी फैलाउने लामखुट्टेको लार्भा नस्ट गर्नु नै सबैभन्दा उत्तम उपाय भएको बताए ।
‘डेंगी प्रचार गरिएजस्तो महामारी निम्त्याउने रोग होइन’ भन्दै उनीहरुले डेंगीबाट मृत्यु भएको भनिएका ६ जनाको मृत्युको कारण डेंगी नै हो भन्ने यकिन नभएको दाबी गरे ।
सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले डेंगी रोग त्रसित हुनुपर्नेखालको नभएपनि काठमाडौंलगायत देशका दुर्गम भेगमा नयाँ भएकाले त्रास उत्पन्न भएको दाबी गरे ।
यस्तै सरुवा तथा संक्रमण रोग अनुसन्धान विशेषज्ञ डा. जीवनबहादुर शेरचनले डेंगी जो–कोहीलाई नहुने र रोगसँग लड्ने क्षमता कमजोर भएका मानिसमा यो रोग बढी देखिने बताए ।
प्रतिक्रिया दिनुहोस्