१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024


माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।

अबको केही समय पछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित हुने छ ।

बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने पार्टीले जनाएको छ ।

मंगलबार सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गर्नुभएको थियो ।

हिजो बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा निष्कर्ष निकालेको थिएन् ।

नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने रणनीति माओवादी केन्द्रले बनाएको देखिन्छ ।