काठमाडौं, असोज २ । अफगानिस्तानको दक्षिणी कलात सहरस्थित एक अस्पतालमा तालिबान लडाकुले गराएको विस्फोटमा परी कम्तीमा १० जना मारिएका छन् ।
विस्फोटक पदार्थले भरिएको मिनिट्रक अस्पतालको बाहिर विस्फोट गराइएको थियो ।
मारिनेमा चिकित्सक र बिरामीहरु रहेको स्थानीय सन्चारमाध्यमले जनाएका छन् ।
विस्फोटका कारण अस्पताल ध्वस्त भएको छ ।
तालिबानले अस्पतालनजिकै रहेको सरकारी गुप्तचर निकायको कार्यालयलाई निशाना बनाएको जनाएको छ ।
अफगानिस्तानमा नजिकिँदो आमचुनाव र अमेरिकासँगको शान्तिवार्ता भंग भएपछि तालिबानले दैनिकजसो आक्रमणहरु गरिरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्