१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


फ्रान्सका पुर्व राष्ट्रपति सार्कोजीलाई भ्रष्टाचार आरोपमा ३ बर्षको जेल सजाय


0
Shares

एजेन्सी । फ्रान्सका पुर्व राष्ट्रपति निकोल सार्कोजीलाई भ्रष्टाचारको आरोपमा जेल सजाय तोकिएको छ ।

आफु पदमा रहँदा न्यायाधीशहरुलाई घुस दिन खोजेको आरोपमा दोषी ठहर भएपछी फ्रान्सको उच्च अदालतले सार्कोजीलाई ३ बर्षको जेल सजाय तोकेको हो ।

अदालतमा बिचाराधिन मुद्दाको सुचना माग गरी सो बापत न्यायाधीशहरुलाई महत्वपूर्ण नियुक्ति दिने वाचासहित घुस दिन खोजेको आरोपमा जेल सजाय तोकेको हो ।

यो सजायसंगै सार्कोजी फ्रान्सको इतिहासमा भ्रष्टाचार आरोपमा जेल सजायँ पाउने पहिलो राष्ट्रपति बन्नुभएको छ ।

६६ बर्षिय सार्कोजीका निजी कानुन व्यबसायीले भने सार्कोजीले आफु बिरुद्धको आरोपको सर्वोच्चमा अपिल गर्ने बताउँदै फैसला नभएसम्म कारागार जान नपर्ने जनाएका छन् ।