२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


सीमास्तम्भ अवलोकन अब स्याटेलाइटबाट


0
Shares

काठमाडौं, भदौ ३० । अब सीमास्तम्भको अवलोकन र सीमांकन भूउपग्रहबाट गरिने भएको छ ।

देहरादुनमा हालै बसेको नेपाल–भारत संयुक्त सीमा कार्यदल बैठकले नयाँ प्रविधि प्रयोग गरी सीमा रेखा कोर्ने निर्णय गरेपछि स्याटेलाइटमार्फत अवलोकन र सीमांकनको काम अघि बढ्ने भएको हो ।

बैठकले नेपाल र भारतबीचको खुला सीमामा ८ हजार ७ सय ५३ सीमास्तम्भ बनाउने सहमति पनि गरेको छ । यसमा सुस्ता र कालापानी क्षेत्र समावेश छैन । यी दुवै ठाउँमा नेपाली भूभाग भारतीय अतिक्रमणमा परेको नेपाली पक्षको दावी छ । –कान्तिपुर दैनिकबाट