Logo १४ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026


टिकटकको माध्यमबाट साथी बनाएर युवती ठग्ने गुरुङ पक्राउ


0
Shares

काठमाडौं । टिकटको माध्यमबाट साथी बनाएर धनकुटाकी एक युवतीलाई ठग्ने कास्की जिल्ला कास्कीकोट गाउँपालिका ४ का ३९ वर्षीय राजीभ गुरुङ पक्राउ परेका छन् ।

गुरुङले टिकटकको माध्यमबाट साथी बनाएर युवतीको गरगहना र पैसा लिएर फरार भएका थिए । झापाकी अर्की युवतीलाई त्यसैगरी टिकटकमा साथी बनाएर भेट्न जाने क्रममा इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।

प्रहरी कार्यलयका अनुसार उनीहरुले टिकटक म्यासेन्जरमा गत पुसदेखि कुराकानी सुरू गरेका थिए । कुराकानी बाक्लिँदै गएपछि राजीभले ती युवतीलाई प्रेम प्रस्ताव राखेका थिए।

दुबै जनाबीच सम्बन्ध झ्यांगिँदै गएपछि उनीहरुले भेटघाट अघि बढेको थियो । उनीहरुबिच बिहेको मिति पनि टुंगो लगाउने कुराकानी भएबामोजिम राजीभ कास्कीबाट इटहरी र युवती धनकुटाबाट झरेकी थिइन् । इटहरीको आरआर होटलमा गत माघ २५ गते उनीहरु दुई दिन बसेका थिए ।

बसाइको अन्तिम दिन उनीहरूबीच शारीरिक सम्बन्ध पनि भयो। सम्बन्धपछि ती राजीभले युवतीलाई चोखिनुपर्छ भन्दै नुहाउन बाथरुम पठाए। नुहाउन छिरेको बेला राजीभ युवतीको चार आनाको सुनको सिक्री, चार आनाको झुम्का, ब्रास्लेट र नगद २७ हजार पाँच सय समेत लिएर फरार भए।

नुहाएर निस्किँदा गुरुङलाई नदेखेपछि युवतीले सिधै प्रहरीमा जाहेरी दिएकी थिइन् । युवतीको जाहेरीपछि गुरुङको खोजी गरिरहेको प्रहरीले बिहीबार तिनै गुरुङको मोबाइल लोकेसन खनारमा देखिएपछि प्रहरीले पक्राउ गरेको हो। प्रहरीले गुरुङलाई शुक्रबार जरबजस्ती करणी मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिएको छ।

प्रहरीले गुरुङले लगेको युवतीको एटिएम कार्ड बरामद गरेको छ । गुरुङले होटलमा बस्दा देखाएको लाइसेन्स पनि नक्कली रहेको खुलेको छ । टिकटिकको माध्यमबाट सम्बन्ध बढाएर शारीरिक शोषणसँगै ठगी गर्ने नियत देखिएको प्रहरीको भनाई छ।

Skip This