
काठमाडौं, फागुन १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २७७ पुगेको छ ।
गत २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ ।
२४ घण्टामा ३ हजार ९४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्