१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


साउदीका दुईओटा सरकारी तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण


0
Shares

काठमाडौं, भदौ २८ । साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ ।

आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगो लागेको थियो । दुवै आगलागी नियन्त्रणमा आइसकेको छ ।

उक्त तेल प्रशोधन केन्द्र संसारकै सबैभन्दा विशाल तेल प्रशोधन केन्द्र मानिन्छ ।

विगतमा भएका यस्ता आक्रमणमा इराननिकट यमनका विद्रोही हुथी समूहमाथि आरोप लगाइने गरिन्थ्यो । तर, यो आक्रमणमा भने कसको संलग्नता छ भन्ने स्पस्ट भइसकेको छैन ।

यसअघि, सन् २००६ मा अबकाइसमा रहेको तेल प्रशोधन केन्द्रमा अल–कायदाको आक्रमण प्रयासलाई साउदी सुरक्षा बलले विफल तुल्याएको थियो । (एजेन्सी)