१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024


काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई डा. केसीको चेतावनी


0
Shares

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले गैरकानुनी काममा संलग्न नहुन काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई चेतावनी दिनुभएको छ ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले काठमाडौं विश्वविद्यालयले ५ सय भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेकाले गैरकानुनी कार्यमा संलग्न नहुन चेतावनी दिनुभएको हो ।

काठमाडौं विश्वविद्यालयको सिनेट बैठकमा नयाँ मेडिकल कलेजको सम्बन्धन दिने विषयमा छलफल भएको थियो । चिकित्सा शिक्षा ऐनको विपरित गएर सिनेट बैठकमा छलफल चलाएकोप्रति गम्भीर डा. केसीले गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।

ऐनमा एउटा विश्वविद्यालयले ५ सय भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने व्यवस्था रहेको छ ।