Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


पशुपत्तिमा अब मोबाईलबाटै भेटी चढाउन सकिने


0
Shares

काठमाडौं । पशुपत्ति मन्दिरमा चढाइने भेटी अब मोबाइलबाटै भुक्तानी गर्न सकिने भएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले पशुपत्ति क्षेत्रमा डिजिटल डोनेशन बक्सको सुरुवात गर्दै क्यूआर कोड स्क्यान गरेर दान गर्न सक्ने व्यवस्था गरेको हो ।

पशुपत्ति क्षेत्रमा आज बैंक अफ काठमाण्डूले आयोजना गरेको डिजिटल भुक्तानी कार्यक्रममा दानपात्र बक्सको सुरुवात गर्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारको डिजिटल नेपाल अभियानलाई सहयोग गर्दै राष्ट्र बैंकले डिजिटल भुक्तानी जोड दिएको बताउनुभयो ।

बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले सर्वसाधारणको रकम सुरक्षा र सदुपयोग गर्न पशुपत्ति क्षेत्रमा ४ स्थानमा डिजिटल दानपात्र राखिएको बताउनुभयो ।

राष्ट्र बैंकको योजनाअनुसार देशैभरी समाजका सबै नागरिकको पहुँचमा पुग्ने गरि डिजिटल कारोबारको सुरुवात गर्ने पन्तले बताउनुभयो ।

पशुपत्ति दर्शन गर्न जाने भक्तजनले सहजै र सुरक्षित तरिकाले रकम भुक्तानी गर्न बैंक अफ काठमाण्डूले डिजिटल दानपत्रको सुरुवात गरेको हो ।