
काठमाडौं । बेलायतका पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले गलत काम गरेको आरोप लगाएका छन् ।
उनले प्रधानमन्त्री जोनसन र माइकल गोभले जनमत संग्रहका क्रममा गलत व्यवहार देखाएको आरोप लगाएका हुन् ।
क्यामरुनले जनमत संग्रहलाई नकार्न नसकिने भएकाले त्यसको नतिजा स्वीकार गर्न प्रधानमन्त्री जोनसनलाई सुझावसमेत दिएका छन् ।
उनले प्रधानमन्त्री जोनसनले ब्रेक्जिटका विषयमा सरकारले चालेको कदमको पनि बिरोध गरे ।
उनले अक्टुबार १ सम्म संसद निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको निर्णयको समेत आलोचना गरेका छन् ।
प्रधानमन्त्री जोनसन आफ्नै रणनीतिका कारण असफल हुने संकेत देखिएको क्यामरुनको भनाइ छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्