२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


थप ११२ संक्रमित, ८४ संक्रमणमुक्त, १ जनाको मृत्यु


0
Shares

काठमाडौं, फागुन १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २२३ पुगेको छ ।

२४ घण्टामा ३ हजार ४११ जनाको पीसीआर परीक्षण भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ६७ पुगेको छ ।