Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


कालोबजारी नियन्त्रण गर्न सुपथ मूल्य पसल : मन्त्री यादव


0
Shares

काठमाडौं, भदौ २७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले कालोबजारी नियन्त्रण गर्नका लागि उपत्यकामा विभिन्न स्थानहरुमा सुपथ मूल्य पसलहरु खोलिएको बताएका छन् ।

शुक्रबार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५७औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री यादवले दसैं, तिहारजस्ता चाडपर्वको समयमा व्यापारीहरुले वस्तुको मूल्य बढाइ कालोबजारी गर्ने भएकाले त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले सुपथ मूल्य पसल सन्चालन गरेको बताएका हुन् ।

यस्ता सुपथ मूल्य पसल वर्षैभरि चलाउनुपर्ने मन्त्री यादवको भनाइ छ ।

सुपथ मूल्य पसलले जनतालाई राहत पुगेकोसमेत मन्त्री यादवले दाबी गरे ।

वाणिज्यसचिव वैकुण्ठ अर्यालले सरकारले सन्चालन गरेको सुपथ मूल्य पसलहरुलाई गुनासो नआउने गरी काम गर्न आग्रह गरे ।

साल्ट ट्रेडिङ कर्पाेरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेसन लक्षित उद्देश्य प्राप्त गर्न क्रियाशील रहेको दाबी गरे ।