
काठमाडौं, फागुन १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७१ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६६ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्