गृहमन्त्रीका भाइसहित पक्राउ : जेलभित्रै बुनिँदै थियो फिरौती योजना • Image Khabar Image Khabar


गृहमन्त्रीका भाइसहित पक्राउ : जेलभित्रै बुनिँदै थियो फिरौती योजना


Imagekhabar
२७ भाद्र २०७६, शुक्रबार ०६:३१

गृहमन्त्रीका भाइसहित पक्राउ : जेलभित्रै बुनिँदै थियो फिरौती योजना

काठमाडौं । फिरौती संकलनको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशसहित ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा विहीबार बयान सुरु भएको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले अनुसन्धान प्रतिवेदनसहितको फाइल आइतबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

ब्यूरोले निर्माण ब्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्तका रुपमा केन्द्रिय कारागारमा रहेका समीरमान बस्नेतसँग मिली फिरौती संकलनको धन्दा चलाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

ब्युरो स्रोतका अनुसार पक्राउ परेका नरेशसहित स्युचाटारका पवन खड्का, इचंगुनारायणका सुरेन नगरकोटी, भेडासिंहका शैलेस प्रजापति, नागार्जुनका विनोद लामा, वीरबल भट्टराई, मनबहादुर पुनमगर छन् ।

स्रोतका अनुसार वीरबलले समीरमानका निम्ति ‘सेटिङ’ मा मोबाइल फोन कारागारभित्र पुर्‍याउन सघाएका थिए ।

पक्राउ परेका एकजनाले ५ हजार दिने सर्तमा वीरबलको मोबाइल जेलभित्र पुर्‍याउन भूमिका खेलेको बयान दिएका छन् ।

समीरमानले सुरुमा पवन र सुरेनलाई उपयोग गर्दै झन्डै ८६ ब्यापारी–व्यवसायीसँग फिरौती असुल्ने योजना बनाएका थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्