सुनको मूल्य ११ सयले बढ्यो • Image Khabar Image Khabar


सुनको मूल्य ११ सयले बढ्यो


Imagekhabar
११ फाल्गुन २०७७, मंगलवार १२:३५

सुनको मूल्य ११ सयले बढ्यो

काठमाडौं । पछिल्ला दिन ओरालो लाग्दै आएको सुनको मूल्य आज एकै दिन तोलामा ११०० रुपैयाँले बढेको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ११ सयले बढेर ९० हजार १ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो ८९ हजारमा स्थीर रहेका थियो । यसैगरी हिजो तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ पनि आज २५ रुपैयाँले बढेर १३६० मा कारेवार भैरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १८ सय ११ डलर हाराहारीमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्