
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ७० औं जन्मदिन मनाउँदै हुनुहुन्छ । प्रधानमन्त्रीको जन्मदिनमा विभिन्न व्यक्तिहरुले शुभकामना दिएका छन् । ओलीको यसपालिको जन्मदिन भने के कसरी मनाउने भन्ने बारे केही थाहा हुन सकेको छैन् । तर गत वर्ष प्रधानमन्त्रीले तामझामसहित मनाएको जन्मदिन सायदै कोहीले बिर्सेला ।
ओलीको ६९ जन्मदिन निकै आलोचित भएको थियो । नेपालको नक्साको केक काटेर आफ्नो जन्मदिन मनाएपछि ओली आलोचित हुनु भएको थियो । कतिले नेपालको नक्साको केक काटेर देश टुक्र्याउन खोजेको आरोप लगाएका थिए भने कतिले आफ्नै आमाको छाति काटेको भन्दै प्रधानमन्त्रीको विरोध गरेका थिए ।
गत वर्ष ओली आफ्नो ६९ औँ जन्मदिन मनाउनकै लागि तामझामसाथ हेलिकप्टर चढेर तेह्रथुमको आठराई पुग्नु भएको थियो ।
चार हेलिकोप्टरमा दलबलसहित पुख्यौली घर तेह्रथुमको आठराई पुग्नु भएका ओलीले त्यहाँ १५ किलोको केट काटेर करिब ६ हजारलाई भोज समेत खुवाउनु भएको थियो ।
ओलीले आफ्नै पार्टीको आचारसंहितालाई समेत लत्याउँदै तडकभडकका साथ जन्मदिन मनाउनु भएको भएको भन्दै पार्टीका नेता कार्यकर्ताहरुबाटसमेत आलोचित हुनु परेको थियो ।
प्रतिक्रिया दिनुहोस्