
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डाक्टर दर्ता प्रमाणपत्र ( लाइसेन्स) परीक्षा डिजिटलमा लिन थालेको छ । कागजमा परीक्षा लिने पद्धति फेर्दै झन्डै दुई दशकपछि कम्प्युटरमा आधारित परीक्षा लिन थालिएको हो ।
यो व्यवस्थाले स्नातक तहसरहको एमबीबीएस, बीडीएस र स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सकलाई लाइसेन्स परीक्षामा सहज भएको छ । यस परीक्षामा कुनै प्रश्नको उत्तर लेख्न छुट्ने पो हो कि भन्ने चिन्ता लिनुपदैन । कुनै प्रश्नको उत्तर लेख्न बाँकी रहे कम्प्युटरले सचेत गराउँछ । उत्तर लेखेको केही बेरपछि पुनःसच्याउन पनि सकिन्छ ।
‘पहिलेको कागजी परीक्षामा उत्तर भर्दा धेरै त्रुटि हुने सम्भावना हुन्थ्यो । एकपटक लगाएको उत्तर चिह्न सच्याउन मिल्दैनथ्यो । अब उत्तरमा पुनःफेरबदल गर्न मिल्छ । दुई ठाउँमा उत्तर लेख्न मिल्दैन । दुई ठाउँमा उत्तर खोजे कम्प्युटरले मान्दैन’, काउन्सिलका रजिष्ट्रार डा.कृष्ण प्रसाद अधिकारीले भने, ‘फोटोे, नाम रु कतिवटा उत्तर भयो , कति वटा बाँकी छन् । बुझाउनुअघि नै कम्प्युटरले सचेत गराउँछ । तीन महिनाअघिको विशेषज्ञ परीक्षादेखि पुरानो शैली फेरियो ।’
अन्नपूर्ण
तस्वीर : गुगल
प्रतिक्रिया दिनुहोस्