
काठमाडौं, फागुन १० । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६८१ जनाको पीसीआर परीक्षण गर्दा १२५ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९० जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्