
काठमाडौं, फागुन ७ । ललितपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनद्धारा चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई २० लाख रुपैयाँ सहयोग गरेको छ ।
सहयोग सम्झौता पत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलबीच हस्ताक्षर भएको छ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सरकारले आट् गर्न नसकेको परियोजना जनस्तरबाट निर्माण हुनु गौरबको कुरा भएको बताउनुभयो ।
धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले सहयोगलाई सानो र ठूलो भनेर मूल्यांकन गर्न नहुने धारणा राख्नुभयो ।
महानगरले पाटन अस्पताललाई पनि अक्सिजन प्लान्ट हाउस निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्