पश्चिम बंगालका मन्त्रीमाथि बम आक्रमण • Image Khabar Image Khabar


पश्चिम बंगालका मन्त्रीमाथि बम आक्रमण


Imagekhabar
६ फाल्गुन २०७७, बिहीबार १३:०६

पश्चिम बंगालका मन्त्रीमाथि बम आक्रमण

एजेन्सी । भारतको पश्चिम बंगाल सरकारका मन्त्री जाकिस हुसेनलाई लक्षित गरी बम आक्रमण भएको छ । विधानसभाको चुनावका उम्मेद्वार समेत रहेका मन्त्री हुसेन विरुद्ध मुर्शीदावादमा आक्रमण भएको हो ।

बुधबार साँझ भएको आक्रमणमा परि २० जना घाइते भएका छन् । जसमध्ये १२ जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि कोलकात्ता पठाइएको छ । आक्रमणमा परी मन्त्री हुसेन पनि गम्भीर घाइते भएका छन् ।

हुसेनलाई कोलकात्ताको एसएसकेएम अस्पतालमा भर्ना गरिएको छ । बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उहाँसँग भेट गरिसक्नुभएको छ । उहाँमाथि बुधबार साँझ पेट्रोल बम प्रहार भएको थियो ।

आक्रमणको अनुसन्धान र घटनाको अनुसन्धान अब बंगालको सिआइडीले गर्ने भएको छ । बिहीबार बिहानै सिआइडीको टोलीले मुर्शिदावादको घटनास्थल पुगेर उक्त स्थानलाई शिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्