वामदेव गौतमलाई कास्की–२ बाट उम्मेदवार बनाउने तयारी ! • Image Khabar Image Khabar


वामदेव गौतमलाई कास्की–२ बाट उम्मेदवार बनाउने तयारी !


Imagekhabar
२४ भाद्र २०७६, मंगलवार ०६:३४

वामदेव गौतमलाई कास्की–२ बाट उम्मेदवार बनाउने तयारी !

काठमाडौं, भदौ २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कास्की क्षेत्र नं. २ बाट प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कास्की–२ का निर्वाचित सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त स्थानमा गौतमलाई उम्मेदवार बनाउने तयारी भएको हो ।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनजिक भएसँगै शक्तिशाली बन्दै गएका गौतमलाई सांसद बनाएर संघीय संसदमा ल्याउन खोजिएको स्रोतले जनाएको छ ।

नेकपाको अब बस्ने सचिवालय बैठकले गौतमको उम्मेदवारीका विषयमा निर्णय गर्ने एक सचिवालय सदस्यले बताए । –राजधानी दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्