सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी « Imagekhabar – Online News Portal of Nepal
१० मंसिर २०७९, शनिबार | Sun Nov 27 2022


सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी


0
Shares

gold

काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी भएको छ । मंगलबार सुन तोलामा २ सय बढ्दा चाँदी २० रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुन ९० हजार ९ सय र तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य १ हजार ३ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रति औंस २.२९ डलर बढेको छ । आज अन्तर्राष्ट्रिय बजारम सुन प्रति औंस १८ सय २१ डलर ५९ सेन्टमा कारोरबार भइरहेको छ ।