बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् ।
उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ । बजार नपाउँदा स्याउ खेर गइरहेको छ ।
उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन् । गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ । उनले भने, ‘बारीमा आएर किलोमा कोही किन्दैनन्। दानाकै हिसाबले बेच्छु ।’
लाखौं मूल्यको स्याउ खेर जाने उनले बताए । उनले भने, ‘किन्न कोही आउँदैन। बजार निकै टाढा छ । भरियालाई बोकाएर पुर्याउन सकिँदैन । स्याउ बस्तुभाउलाई कुँडो बनाएर खुवाउनुपरेको छ।’
गाउँपलिकाबाट भारी बोकेर कोल्टी बजारसम्म पुग्न दुई दिन लाग्छ। कोल्ड स्टोर निर्माण र स्याउका अन्य परिकारबारे तालिम पाए केही सहज हुने अर्का किसान अनिल शाही बताउँछन् । अन्नपूर्णपोष्ट दैनिकबाट










प्रतिक्रिया दिनुहोस्