आयोगलाई देखेर दोषी थर्कमान र निर्दोषी ढुक्क हुनुपर्छ– प्रधानमन्त्री ओली « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


आयोगलाई देखेर दोषी थर्कमान र निर्दोषी ढुक्क हुनुपर्छ– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोषी पक्का भएपछि मात्र अदालतमा मुद्दा दायर गर्न अख्तियार दुरुपयोग अनुसनधान आयोगलाई सुझाव दिनुभएको छ । बुधबार आयोगको ३०औं स्थापना दिवसको अवसरका उहाँले दोषी हो भन्ने पक्का भएपछि मात्र मुद्दा दायर गर्न बाञ्छनीय हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आयोगले निर्दोष व्यक्तिलाई आरोप लगाएर मुद्दा दायर हुनसक्ने तर्फ सचेत बन्न आयोगलाई आग्रह गर्नुभयो । ‘निर्दोष व्यक्तिमाथि आरोप लगाएर मुद्दा दायर गर्नुअघि सोच्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसले व्यक्तिको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा बाधा आइपर्न सक्छ ।’

कानूनको नजरमा सबै बराबर भन्ने सिद्धान्तमा अख्तियारले अबलम्बन गनुपर्ने उहाँको सुझाव छ । ‘दोषी भएको पक्का भएपछि मात्र मुद्दा दायर गर्नु बान्छनीय हुन्छ,’ उहाँले भन्नुभयो, ‘आयोगलाई देखेर दोषी र अपराधी थर्कमान हुनुपर्छ भने निर्दोषीहरू ढुक्क हुनुपर्छ ।’

समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पूरा गर्न सुशासनयुक्त समाज बन्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ । कानुनको निश्पक्ष कार्यान्वयन, समाजमा शान्ति सुव्यवस्था, सबैलाई न्यायको लागि अख्तियारले काम गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले राज्यलाई नोक्सान पारेर कसैले आफ्नो व्यक्तिगत ढुकुटी भर्न र विकास निर्माणका लागि कुनै अवरोध उत्पन्न नहोस् भन्ने आफूहरूको चाहना रहेको बताउनुभयो ।

आयोगलाई अझ प्रभावकारी बनाउन निर्वाचनपछि कानून संशोधित भएर आउने प्रधानमन्त्री ओलीको भनाइ । आयोगको अहिलेसम्मको कामप्रति सन्तुष्टि जनाउँदै उहाँले अबका दिनमा आयोगका कामलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।