प्रदिप पौडेल
पोखरा, भदौ २० । पोखरामा सेतो पुतली (सापु)को आतंक फैलिएको छ । रातको समयमा ट्युवलाईट र बिजुली बत्ती, पर्दा, कपडा, झ्यालमा झुम्म भएर बस्ने सेतो पुतलीको झुस आखाँमा पर्यो भने आखाँको ज्योतिसम्म गुम्ने चिकित्सकहरु बताउँछन् ।
रातको समयमा सडकका छेउछाउका बिजुलीका बत्तीमा देखिने सेतो पुतली आखाँमा पर्दा आँखाको ज्योति नै बन्द हुन सक्ने डा. ईलिया श्रेष्ठले बताइन् । केहि दिनदेखि पोखरामा देखिएको सेतो पुतलीको असरले दैनिक जसो ४—५ जना विरामी हिमालय आँखा अस्पतालमा आउने गरेका उनले बताइन् ।
४४ वर्ष अघि पोखरामै यस्तो पुतली पहिलो पटक फेला परेको थियो ।
यसका लक्षणहरुमा एक्कासी एउटा आँखा रातो हुनु, चिप्रा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखाको दृष्टिमा कमी आउनु, दुखाई सामान्य भन्दा बढी हुनु, उपचारमा ढिला भएमा कालो नानीमा सेतो देखिने चिकित्सकहरु बताउँछन् ।
रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टाभित्र उपचार हुन नपाए आँखाको ज्योति गुम्न सक्ने डा. श्रेष्ठले बताइन् ।
पोखरासहित गण्डकी प्रदेशमा देखिएको सापुको प्रकोपबाट हिमालय आँखा अस्पतालमा आएका बिरामीमध्ये ३४ जना कास्कीका छन् । यो रोगबाट प्रभावित पर्वत, स्याङ्जा, बाग्लुङबाट पििन दैनिकजसो बिरामी आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्