प्रवेश मार्ग नबन्दा समस्या • Image Khabar Image Khabar


प्रवेश मार्ग नबन्दा समस्या


Imagekhabar
२८ माघ २०७७, बुधबार ०९:४२

प्रवेश मार्ग नबन्दा समस्या

काठमाडौं । उदयपुरस्थित मदन भण्डारी लोकमार्गअन्तर्गत पर्ने सडकको प्रवेश मार्ग निर्माणमा ढिलाई हुँदा समस्या भएको छ ।

राष्ट्रिय प्राथमिकताको आयोजना भए पनि लोकमार्गअन्तर्गत पूर्वी खण्डका दुवै तर्फको प्रवेशमार्ग निर्माण नहुँदा समस्या बढ्दै गएको हो ।

२०७३ सालमा ४३ वटा पुल निर्माणका लागि ३ अर्ब ८५ करोड रुपैयाँमा ठेक्का संझौता भएको थियो। पुलका दुवैतर्फ निर्माण गरिने प्रवेश मार्ग करिब २२ किलोमिटर निर्माणमा ढिलाइ हँुदा पैदल यात्रु तथा साना सवारीसधानलाई सास्ती भएको छ ।

आयोजनाका पूर्वी खण्डका ईन्जिनियर शंकर पौडेलले भने प्रवेश मार्गको डिजाइन, नक्सा र लागत ईस्टिमेट नभएका कारण ढिलाई भएको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्