प्रदेश १ को बैठक अझै बसेन, निलम्बन सिफारिस गरेका १६ सांसदलाई प्रवेशमा रोक • Image Khabar Image Khabar


प्रदेश १ को बैठक अझै बसेन, निलम्बन सिफारिस गरेका १६ सांसदलाई प्रवेशमा रोक


Imagekhabar
२५ माघ २०७७, आईतवार १६:००

प्रदेश १ को बैठक अझै बसेन, निलम्बन सिफारिस गरेका १६ सांसदलाई प्रवेशमा रोक

काठमाडौं, माघ २५ । आइतबार दुई बजेका लागि बोलाइएको प्रदेश १ संसदको बैठक अझै सुरु हुन सकेको छैन ।

११ बजेदेखि जारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपाका दुई समूहको कुरा नमिल्दा बैठक ढिलाइ भएको हो ।

मुख्यमन्त्री शेरधन राईविरूद्ध नेकपाको दाहाल–नेपाल पक्षका बहुमत सांसदले दर्ता गरेको अविश्वासको प्रस्ताव टेबल हुने भनिएको आजको बैठक कतिबेला सुरु हुन्छ भन्ने यकिन हुन सकेको छैन् ।

कार्यव्यवस्था बैठकमा मुख्यमन्त्री शेरधन राई पक्षले आफूले निलम्बन सिफारिस गरेका १६ सांसदलाई प्रवेश दिन नहुने अडान राखेको छ ।

अर्को पक्ष भने अविश्वास प्रस्ताव छल्न ओली पक्षले अराजनीतिक अडान देखाएको बताइरहेको छ ।

माघ ७ मा तीन मिनेट चलेर सुरु हिउँदे अधिवेशन त्यसपछि एकैचोटी आज बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्