स्पेनिस लिग फुटबलमा रियाल मड्रिड विजयी • Image Khabar Image Khabar


स्पेनिस लिग फुटबलमा रियाल मड्रिड विजयी


Imagekhabar
२५ माघ २०७७, आईतवार ०९:४३

स्पेनिस लिग फुटबलमा रियाल मड्रिड विजयी

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले हुएस्कालाई पराजित गरेको छ ।

गएराति हुएस्काको मैदानमा भएको खेलमा १–० ले पछि परेको अवस्था उल्टाउँदै रियाल मड्रिड २–१ ले विजयी भएको हो ।

खेलमा हुएस्काका जाभीले पहिलो गोल गरे । तर रियालका राफायल भारानले दुई गोल गर्दै टोलीलाई विजयी गराए ।

जितसंगै रियाल मड्रिड ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियालले २१ खेलबाट ४३ अंक जोडेको छ ।

१९ खेलबाट ५० अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा रहेको छ । २१ खेलबाट ४२ अंक जोडेको सेभिया तेस्रो स्थानमा छ भने चोथो स्थानको बार्सिलोनाले २० खेलबाट ४० अंक जोडेको छ।

ला लिगाका अन्य खेलहरुमा गएराति सेभियाले गेटाफेलाई ३–० ले हराउँदा लेभान्ते र ग्रानाडा तथा एल्चे र भियारियालले २–२ गोलको बराबरी खेलेका छन् ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्