 
	    काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको दाहाल–नेपाल समूहको नेकपाले भर्त्सना गरेको छ ।
शनिबार शोक वक्तव्य जारी गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले घटनाबाट आफू स्तब्ध र मर्माहत भएको जानकारी दिनुभएको छ ।
डेढ वर्षअघि निर्मला पन्तको हत्याको प्रसङ्ग कोट्याउँदै उहाँहरूले राज्यसंयन्त्र नागरिकलाई शान्तिसुरक्षा दिन असफल भएको बताउनुभयो ।
उहाँहरूले सरकारसमक्ष निर्मला पन्तको घटनामा जस्तै गैरजिम्मेवार नबन्न र सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कडा कारबाही गर्न माग गर्नुभएको छ ।



 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्