सुकुम्बासीको हातमा लालपूर्जा दिन सरकार आतुर छ– मन्त्री तुम्बाहाङ्फे • Image Khabar Image Khabar


सुकुम्बासीको हातमा लालपूर्जा दिन सरकार आतुर छ– मन्त्री तुम्बाहाङ्फे


Imagekhabar
२४ माघ २०७७, शनिबार १५:०७

सुकुम्बासीको हातमा लालपूर्जा दिन सरकार आतुर छ– मन्त्री तुम्बाहाङ्फे

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले सुकुम्बासीहरूको हातमा पूर्जा दिन सरकार आतुर रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिका अध्यक्ष र सदस्यहरूका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्बाहाङ्फेले सरकार अव्यवस्थित तरिकाले बसोबास गरिरहेका प्रत्येक सुकुम्बासीहरूको हातमा पूर्जा दिनका लागि आतुर रहेको बताउनुभयो ।

सरकारको आतुरतालाई व्यवहारमा उतार्न आयोगका पदाधिकारीहरूले पहलकदमी लिनुपर्ने उहाँको भनाइ छ । सुकुम्बासीहरूको लगत संकलन गर्दा स्थानीय तहले गलत विवरण भर्न सक्ने भएकाले आयोगका पदाधिकारीहरूले नियमन गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

गलत मानिसको हातमा पूर्जा दिलाउन विभिन्न समूह सक्रिय हुनसक्ने भएकाले तिनको पहिचान गर्ने जिम्मेवारी आयोगले लिनुपर्नेमा मन्त्री तुम्बाहाङ्फेको जोड छ । आयोगका पदाधिकारीहरूले स्थानीय तहले गरेका कामको नियमन गर्नु पर्ने र निर्दिष्ट ऐन भन्दा बाहिर गएर काम नगर्न पनि उहाँले निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्