२ असार २०८१, आइतबार | Sun Jun 16 2024


रोनाल्डोको गोलमा युभेन्टसको शानदार जित


0
Shares

काठमाडौं । क्रिष्टिष्यानो रोनाल्डोको गोलको सहयोगमा युभेन्टसले शानदार पुनरागमन गरि महत्वपूर्ण जित दर्ता गरेको छ ।

इटालियन कोपा इटालिया फुटबल अन्तर्गत गयराति भएको सेमिफाइनलको पहिलो लेगमा अवे मैदानमा युभेन्टसले इन्टर मिलानलाई २–१ ले पराजित गरेको हो ।

नवौँ मिनेटमा मार्तिनेजको गोलबाट घरेलु टोली इन्टर मिलानले सुरुवाति अग्रता लिएको थियो ।

२६ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरि रोनाल्डोले युभेन्टसलाई बराबरीमा ल्याए । उनले ३५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र युभेन्टस विजयी भयो । कोपा इटालियाको उपाधि १३ पटकसम्म जितेको युभेन्टसले सेमिफाइनलको दोस्रो लेगमा आउँदो मंगलबार इन्टर मिलानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने छ ।

एजेन्सी