२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


पाकिस्तानसंग साना साना परमाणु बम, कम नआक्न भारतलाई चेतावनी


0
Shares

काठमाडौं । पाकिस्तानका रेलमन्त्री शेख रशीद अहमदले आफ्नो मुलुकसंग साना साना परमाणु बम रहेको भन्दै भारतलाई कम नआक्न चेतावनी दिएका छन् ।

उनले पाकिस्तानसंग १ सय २५ देखि २ सय ५० ग्रामसम्मका साना साना परमाणु बम रहेको र यसबाट सजिलैसंग भारतलाई निशाना पार्न सक्ने बताए ।

पाकिस्तानी मन्त्री रशीदले श्रीनगरको लाल चोकसंग पाकिस्तानको रगतको नाता रहेकोसमेत उल्लेख गरे ।

अहिलेको अबस्था सन् १९४७ को जस्तै भएको भन्दै उहांले अब पाकिस्तानले कश्मिरमा जे पनि गर्न सक्ने चेतावनी दिए ।

भारत लाहोरतर्फ अगाडि बढे पाकिस्तानले स्मार्ट बम राखेको र यसले भारतीय सेनालाई प्रहार गर्न सक्ने उनको भनाइ थियो ।

भारतले जम्मु कश्मिरमाथिको विशेषाधिकार हटाएको अगष्ट पांचपछि नियन्त्रण रेखा र अरु सम्झौताहरु अन्त्य भएको पाकिस्तानी मन्त्रीको जिकिर थियो ।

यता पाकिस्तानका तर्फबाट आइरहेको आक्रामक बयानलाई भारतीय विदेश मन्त्रालयले भड्काउपूर्ण भनेको छ । (एजेन्सी)