८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


जर्मन फुटबल स्टार मेसुत ओजिलले अब राष्ट्रिय टोलीबाट नखेल्ने


0
Shares

काठमाडौं । जर्मन फुटबल खेलाडी मेसुत ओजिलले अब राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका छन् ।

गत मे महिनामा लन्डनमा भएको एक कार्यक्रममा टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोआनसँग देखिएपछि उनको चर्को आलोचना भएको थियो ।

यो प्रकरणमा जर्मन फुटबल संघले आफुसँग न्याससंगत व्यवहार गर्न नसकेको भन्दै ओजिलले जर्मनीको जर्सीमा अब मैदानमा नउत्रिने बताएका हुन् ।

लन्डनमा भएको कार्यक्रममा ओजिलसँगै अर्का जर्मन खेलाडी ईके गुन्डोगान, टर्कीस फुटबलर सेन्क टोसुन र टर्कीका राष्ट्रपति अर्दोआनको फोटो सार्वजनिक भएको थियो

ओजिल र गुन्डोगानले टर्कीस राष्ट्रपतिलाई समर्थन गर्दै जर्मन विदेश नीति तथा प्रजातान्त्रिक मान्यताको खिल्ली उडाएको भन्दै जर्मनीमा चर्को आलोचना गरिएको थियो ।

ओजिलले आइतबार एक विज्ञप्ती जारी गर्दै अबदेखि जर्मन राष्ट्रिय टोलीबाट फुटबल नखेल्ने घोषणा गरेका हुन् ।

आफु र आफ्नो परिवारप्रति घृणा फैलाउने र धम्कीपूर्ण ईमेल, फोन र सामाजिक सञ्जालमा नकारात्मण टिप्पणीहरु आईरहेको ओजिलले बताएका छन् ।

ओजिल र गुन्डोगान दुबै जना टर्कीस मूलका जर्मन फुटबल खेलाडी हुन् ।

आफुहरुले टर्कीस राष्ट्रपतिलाई भेटेर आफ्नो पूर्खा र वंशजको सम्मान गरेको ओजिलको तर्क छ ।

भेटमा फुटबलबारे कुरा भएको र राजनीतिक विषयवस्तुले प्रवेश नपाएको उनीहरुको भनाई छ ।