Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


कोभिडविरुद्ध चीनले तीन लाख डोज खोप दिने


0
Shares

काठमाडौं । चीनले पहिलो चरणमा नेपाललाई कोभिड – १९ विरुद्धको तीन लाख डोज खोप अनुदानमा दिने भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले आइतबार प्रेस नोट गर्दै यसको जानकारी दिएको छ ।

‘नेपाल र चीन असल छिमेकी , असल मित्रहरु तथा अलि साझेदार हुन् ।

भूकम्प वा महामारीजस्ता चुनौतीहरुको सामना गर्नुपर्दा दुवैले एक -अर्कालाई दुःखसुखमा सहयोग गरेका छन् चिनियाँ दूतावासद्वारा जारी प्रेस नोटमा भनिएको छ’, ‘राष्ट्रिपति सी जिनपिङको प्रतिवद्धताअनुसार चीनले खोपलाई विश्वव्यापी सार्वजनिक सामाग्रीका रुपमा उपलब्ध गराउनेछ।’

नेपाल सरकारको अनुरोधमा चीनले तीन लाख डोज खोप अनुदान सहयोगमा उपलब्ध गराउने निर्णय गरेको छ । नयाँ पत्रिका