Logo २ असार २०८३, मंगलबार | Wed Jun 17 2026


लोक तथा दोहोरी गीत प्रतिष्ठानको मानार्थ सदस्यमा चर्चित गायिका पूर्णिमा


0
Shares

काठमाडौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा चर्चित गायिका पुर्णिमा तामाङ सम्मानित हुनु भएको छ ।

प्रतिष्ठानको केन्द्रिय कार्यालय काठमाडौको २०औ वार्षिक साधारण सभाको विशेष अवसर चर्चित गायिका तामाङलाई मानार्थ सदस्यताको प्रमाणसहित दोसाल्ला ओढाई सम्मान गररेको हो।

कलिलो उमेरमै चर्चित गायिका बन्न सफल गायिका पुर्णिमाले झण्डै ४ सयभन्दा बढी गीत गाईसक्नु भएके छ । गायिका तामाङले गाएका गीतहरु फूल भनौ जिन्दगीलाई, तिम्रो एउटा झुटले, मुुटु जली खरानी भो, एक्लो भए म, तिमी बिन पागल भाछु, तिम्रो मनमा जस्ता दर्जनौ मन मुटु छुने गीतहरु स्रोता दर्शकहरुमाझ सुपरहिट बनेका छन्।

तामाङलाई अहिले गीत गाउन भ्याई नभ्याई छ भने विभिन्न संघ संस्थाबाट दैनिक सम्मानित समेत भइरहनु भएको छ ।