केटु हिमाल आरोहीलाई एभरेष्ट बैंकद्धारा सम्मान • Image Khabar Image Khabar


केटु हिमाल आरोहीलाई एभरेष्ट बैंकद्धारा सम्मान


Imagekhabar
१५ माघ २०७७, बिहीबार १९:४६

केटु हिमाल आरोहीलाई एभरेष्ट बैंकद्धारा सम्मान

काठमाडौं, माघ १५ । विश्वकै दोस्रो अग्लो शिखर केटु आरोहण गरेर फर्केका १० नेपालीलाई एभरेष्ट बैंकले सम्मान गरेको छ ।

बैंकले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरि केटु हिमाल आरोहण गरी फर्केका १० नेपालीलाई सम्मान गरेको हो ।

यस्तै बैंकले सबैभन्दा कम उमेरमा धेरै हिमाल आरोहण गर्ने मिङमा डेभिड शेर्पालाई संस्थाको सद्रभावना दूत नियुक्त गरेको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले हिमाल आरोहीलाई सम्मान गर्दा गौरव महसुस भएको भन्दै आगामी दिनमा आरोहीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्