२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रहरीको रासनभत्ता ५० प्रतिशत बढाउने तयारी


13
Shares

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रासनभत्ता ५० प्रतिशत बढाउन सिफारिस गरेका छन् ।

पछिल्लो पाँच वर्षयता रासनभत्ता वृद्धि नभएकाले अहिलेको पाँच वर्षको हिसाब गरी एकमुष्ठ ५० प्रतिशत बढाउन दुई प्रहरी संगठनले गृह मन्त्रालयमा सिफारिस गरेका छन् ।

मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा एक समिति गठन गरी सुरक्षा निकायमा रासनभत्ता बढाउने तयारी गरिरहेको छ ।

यही माघदेखि नै लागु हुने गरी रासनभत्ता बढाउन गृहकार्य भइरहेको छ । २०७२ को माघयता रासनभत्ता वृद्धि हुन सकेको छैन ।

रासनभत्ता वृद्धिका लागि दुवै प्रहरीबाट प्रस्ताव आएको तर निर्णय भइनसकेको सहसचिव गौतमले बताए । ‘रासनभत्ता कति बढाउने भन्ने छलफलमै छ’, उनले भने, ‘केही दिनभित्रै यसलाई टुंग्याउनेछौ ।’ नयाँ पत्रिका