अमेरिकाले भन्यो, 'भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नु' • Image Khabar Image Khabar


अमेरिकाले भन्यो, ‘भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नु’


Imagekhabar
१४ माघ २०७७, बुधबार ०९:५७

अमेरिकाले भन्यो, 'भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नु'

काठमाडौं । अमेरिकाले भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आग्रह गरेको छ । बाइडन प्रशासनले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई ती देशको भ्रमण नगर्न आग्रह गरेको हो ।

अमेरिकाले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा समेत नजान भनेको छ । आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको ठहर छ ।

भारत–पाकिस्तानको सीमा क्षेत्रमा गोलीबारी भएको खबरहरु सार्वजनिक भइरहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्