कर्णाली सरकारले ६ महिनामा ८ दशमलव ३९ प्रतिशत मात्रै पुँजीगत खर्च गर्‍यो • Image Khabar Image Khabar


कर्णाली सरकारले ६ महिनामा ८ दशमलव ३९ प्रतिशत मात्रै पुँजीगत खर्च गर्‍यो


Imagekhabar
१३ माघ २०७७, मंगलवार ०९:४३

Ncp karnali province parliamentary board meeting call against chief minister

काठमाडौं । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिनामा ८ दशमलव ३९ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । सबैभन्दा धेरै विकास बजेट रहेका मन्त्रालयहरुकै खर्च प्रतिशत न्यून छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म प्रदेश सरकारले पुँजीगततर्फ ५ दशमलव ८७ प्रतिशत र चालुतर्फ ११ दशमलव ६६ प्रतिशत रकम खर्च गरेको छ ।

कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ महिनाको अवधिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुन्य दशमलव एक प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुज्य दशमलव तीन प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले १ दशमलव १६ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ३ दशमलव २३ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३ दशमलव ३३ प्रतिशत, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३ दशमलव ७९ प्रतिशत र भौतिक पूर्वाधार विकास मन्त्रालयले ९ दशमलव १५ प्रतिशत पुँजीगत खर्च गरेका छन् ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि कुल ३३ अर्व ३४ करोड ३५ लाख ३४ हजार बजेट ल्याएको थियो । त्यो मध्ये दुई अर्ब ८३ करोड ७७ लाख मात्रै खर्च भएको छ । पुँजीगततर्फको १९ अर्ब ६ करोड ९१ लाख २१ हजार रुपैयाँ मध्ये एक अर्ब ११ करोड ९४ लाख खर्च भएको छ भने चालूतर्फको १४ अर्ब ६७ करोड २२ लाख मध्ये एक अर्ब ७१ करोड १३ लाख खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्