१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


१० महिना देखि बन्द विद्यालय खोल्न महानगरले दियो अनुमति


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालन गर्न अनुमति दिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न महानगरले अनुमति दिएको हो ।

महानगरको शिक्षा समितिको बैठकले दश महिनादेखि बन्द रहेका विद्यालय चलाउन बाटो खुला गरेको हो । समितिका अध्यक्ष एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका– २०७७’ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ बमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक संघको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गरिने उहाँले जानकाी दिनुभयो ।

गत मंसिरको पहिलो सातादेखि महानगरका केही संस्थागत विद्यालय पूर्णरूपमा सञ्चालनमा आए पनि सामुदायिक विद्यालय भने भने आंशिकरूपमा मात्र सञ्चालन भएका थिए । हाल महानगरमा वटा ९१ सामुदायिक र ५४१ वटा संस्थागत विद्यालय रहेका छन् ।