चीनमा १४ दिन देखि सुनखानीमा फसेका ११ कामदारको सकुशल उद्धार • Image Khabar Image Khabar


चीनमा १४ दिन देखि सुनखानीमा फसेका ११ कामदारको सकुशल उद्धार


Imagekhabar
१२ माघ २०७७, सोमबार ०९:५९

चीनमा १४ दिन देखि सुनखानीमा फसेका ११ कामदारको सकुशल उद्धार

काठमाडौं । चीनमा विगत दुई हप्तादेखि सुनखानीमा फसेका ११ जना कामदारलाई सकुशल उद्धार गरिएको छ । सयौं मिटर तल फसेका २२ कामदारमध्ये ११ जनालाई हिजो सकुशल बाहिर निकालिएको हो ।

अन्य १० जनाको अवस्थाबारे थाहा हुन सकेको छैन । घटनामा परि कम्तिमा १ जनाको मृत्यु भएको पुष्टी भएको छ । पुरिएका अन्य १० जना कुन ठाउँमा छन् भनेर पत्ता लगाउने प्रयास जारी छ ।

चीनको सान्दोङ प्रान्तको हुशान सुन खानीको प्रवेश मार्गको टनेलमा गत जनवरी १० तारिखमा विष्फोट हुँदा २२ कामदार भित्रै फसेका थिए । ति मध्ये ११ जनालाई १४ दिनपछि हिजो उद्धार गरिएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्