
सन्तोष पुर्कुटी (इमेज)
ताप्लेजुङ, साउन ६ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै अनशनरत् डा. गोविन्द केसीको समर्थनमा नेपाली कांग्रेसका भातृसंगठनहरुले ताप्लेजुङमा प्रदर्शन गरेका छन् ।
आइतबार दिउँसो तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयअगाडि नाराजुलुससहित प्रदर्शन गरेका हुन् ।
डा. केसीका माग तत्काल पूरा गर्नुपर्ने, मूल्यवृद्धि फिर्ता लिनुपर्नेलगायतका नारा लगाउँदै प्रदर्शन गरिएको थियो ।
झन्डै एक घन्टा उनीहरुले शान्तिपूर्णरुपमा विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्