काठमाडौं, भदौ ११ । कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ ।
नगरपालिकाले भेटघाटलाई शिष्ट बनाउन मर्यादित पोसाक लगाएर आउन अनुरोध गरेको छ । नगरपालिकाले पोसाकसँगै व्यक्तिगत कामका लागि भेट्न आउनेलाई २ बजेपछिको समय तोकेको छ ।
हाफ पाइन्ट र भड्किला लुगा लाएर भेट्न आउने क्रम बढेपछि यस्तो सूचना निकाल्नु परेको नगरप्रमुख रमेश महर्जनले बताए ।
सेवाग्राही भन्दा पनि चिनेजानेका मान्छेहरु कार्यालयभित्र हाफपाइन्ट लगाएर आउने गरेको उनको अनुभव छ । –कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्